रेखा थापाको ‘उपहार’को शुभमुहूर्त
वि.सं.२०८० भदौ ७ बिहीवार ०९:१५
2.2K
shares

काठमाडौँ । अभिनेत्री रेखा थापा लामो समयपछि फिल्म क्षेत्रमा कमब्याक गर्न लागेकी छन् । उनले ज्ञानेन्द्र देउजासँग मिलेर ‘उपहार’ नामक चलचित्र निर्माण गर्न लागेकी हुन् ।
ज्ञानेन्द्रको निर्देशन रहने फिल्मको आज पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गरिएको छ । फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी लगायतका कलाकारको अभिनय रहनेत । देउजाले निर्देशन गरेको झिँगेदाउ अघिल्लो वर्षको सुपरहिट फिल्म बनेको थियो ।
फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ भने कविराज गहतराजको कोरियोग्राफि ।
वि.सं.२०८० भदौ ७ बिहीवार ०९:१५
2.2K
shares







