कृषिमा आधारित रियालिटी शो आउँदै, राजेश हमालले होष्ट गर्ने
वि.सं.२०८० भदौ १५ शुक्रवार ०९:५७
1.79K
shares

काठमाडौँ । अभिनेता राजेश हमालले कृषि र मनोरन्जनमा आधारित रहने रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन् । इ स्क्यायर प्रालिले कृषि र मनोरन्जनमा आधारित भएर रियालिटि शो निर्माण गर्न लागेको हो ।
शो मा कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य रुपमा उठाइने जनाइएको छ । शो मा किसान र कृषि प्राविधिकले भाग लिनेछन् । शो को जजको भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहनेछन् ।
वि.सं.२०८० भदौ १५ शुक्रवार ०९:५७
1.79K
shares





