को को परे टी–२० विश्वकप छनोट खेल्ने टोलीमा ?

2.27K shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले छनोट खेल खेल्नका लागि १५ सदस्यीय टोली घोषण गरेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।

८ देश सहभागी हुने खेलमा २ समुह रहेको छ । नेपाल रहेको समूह ‘ए’ मा मलेसिया, ओमन र सिंगापुर रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई रहेका छन् ।
खेल कात्तिक १३ गतेदेखि र्कीर्तिपुर र मुलपानीमा हुनेछ । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

 

2.27K shares