माझीबस्ती प्रकरण : १५ दिनभित्र लिखित जवाफ पेश गर्न श्वेता खड्कालाई अदालतको आदेश

2.25K shares

काठमाडौँ । माझी बस्ती प्रकरणमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्नका लागि मंगलबार न्यायधीस रमेशराज पोखरेलको एकल इजालासले अन्तरिम आदेश दिएको हो ।

अभिनेत्री श्वेता खड्काले संचालन गरेको श्वेताश्री फाउण्डेसन र लक्ष्मी सनराइज बैंकलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्नका लागि समेत अदालतले आदेश दिएको छ ।

सिन्धुपाल्चोकमा नमुना बस्ती निर्माणको क्रममा फाउण्डेसनले माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता गरेको थियो । तर, अहिलेसम्म पनि ऋण नतिरेपछि बैंकले घरजग्गा लिलामी गर्न लाग्दा माझीहरुले अदालतमा रिट दायर गरेका थिए ।

 

2.25K shares