टिकटक जस्तै ‘रमाइलो’ एप सार्वजनिक

1.9K shares

काठमाडौँ । नेपाली कम्पनी जार डिजिटलले छोटा भिडियोहरुका लागि मोबाइल एप रमाइलो सार्वजनिक गरेको छ । २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनीले उक्त एप सार्वजनिक गरेको हो ।

एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । तर, टिकटक ब्याण्ड भएपछि उक्त कुराको कमि नेपाली प्रयोगकर्ताहरुलाई भइरहेको थियो । यस्तैमा नेपाली कम्पनीले नेपाली एप निर्माण गरेको हो ।

यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानूनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्नेमा प्रतिबद्ध भएको प्रेस नोटमा उल्लेख छ ।

यो एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

1.9K shares