एपीएफ ‘केपी ओली कप’को सेमिफाइनलमा

2.49K shares

काठमाडौँ । एपीएफ केपी ओली कप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई हराएसँगै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो खेल हारेको एपीएफले दोस्रो खेलमा लुम्बिनीलाई हराएको थियो । समूह चरणको अन्तिम खेलमा लुम्बिनीले गण्डकीलाई हरायो ।

समूह बीमा सबै टिमले समान एक जित सहित २ अंक जोडेका छन् । नेट रनरेटका आधारमा एपीएफ सेमिफाइनल पुगेको हो ।

 

2.49K shares