‘भगवान् दादा’ बन्दै अर्पण थापा

1.65K shares

काठमाडौँ । अभिनेता अर्पण थापाको ‘रङ्गेली’ क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । पोष्टरमा उनलाई ‘भगवान् दादा’को रुपमा प्रस्तुत गरिएको छ । पोष्टरबाट उनि फिल्मको भिलेन हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।

सेताम्मे कपाल, कानमा मुन्द्रा, घाँटीमा सुनको सिक्रि र काँधमा गम्छा भिरेको उनको क्यारेक्टर लुक्स रहेको छ । यस अगाडि दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स सार्वजनिक भएको थियो । यसअघि सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई पनि ग्याङस्टार लुक्समा प्रस्तुत भएका थिए ।

फिल्ममा अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा दया, मिरुना, अर्पणका अलवा प्रवीण खतिवडा, रमेश बुढाथोकीको अभिनय रहेको छ ।

फिल्म फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

1.65K shares