‘एनिमल’ले तोड्यो ‘पठान’को रेकर्ड

1.65K shares

काठमाडौँ । सन्दीप भंगाको फिल्म ‘एनिमल’ले अहिले पनि कमाई गरिरहेको छ । फिल्मको बारेमा केहि विबाद भएपनि बक्सअफिसमा फिल्मले राम्रो कमाइ गर्यो ।

प्रदर्शनको ३३ औँ दिनमा सर्वाधिक दोस्रो कमाइ गर्ने फिल्म बनेको छ एनिमल । टाइम्स अफ इन्डियाका अनुसार फिल्मले भारतमा ५४६ करोड २७ लाख भारु कमाई गरेको छ ।

यो कमाइसँगै फिल्मले शाहरुख खानको ‘पठान’को रेकर्ड तोडेको छ । ‘पठान’ले भारतमा ५४३ करोड भारु कमाएको थियो । यस्तैमा ‘एनिमल’ दोस्रो सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । पहिलो नम्बरमा भने शाहरुखकै ‘जवान’ रहेको छ । ‘जवान’ले ६४० करोड भारु कमाएको थियो ।

‘एनिमल’ले विश्वभरबाट ८९० करोड भारु कमाएको छ । फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूर, तृप्ति डिमरीलगायतको अभिनय छ।

1.65K shares