‘भूठान’मा हलिउड स्टार ब्रुस डर्नले अभिनय गर्ने

2.07K shares

काठमाडौँ । निर्देशक विनोद पौडेलले निर्माण गर्न लागेको चलचित्र ‘भूठान’मा हलिउड स्टार ब्रुस डर्नले अभिनय गर्ने भएका छन् । यसका लागि उनले सम्झौता समेत गरिसकेका छन् ।

चलचित्रको मुख्य पात्रको रुपमा ब्रुसलाई अनुबन्धित गरिएको जनाइएको छ । चलचित्रमा यसअगाडि हरिवंश आचार्य, दयाहाङ राई, नुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी लगायतका कलाकार अनुवन्धित भइसकेका छन् ।

चलचित्रमा भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवन यात्राको कथा देखाइने जनाइएको छ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ ।

2.07K shares