रंगेलीको टिजर : दयाहाङ र अर्पणबिच पावरको संघर्ष
वि.सं.२०८० माघ १ सोमवार ०४:४७
1.81K
shares

काठमाडौँ । चलचित्र रंगेलीको टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले १ मिनेट लामो इन्ट्रो टिजर सार्वजनिक गरेको हो ।
टिजरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई देखाइएको छ । टिजरमा दया र अर्पणबिच शक्ति संघर्षलाई देखाइएको छ । टिजरबाट फिल्म पुर्ण रुपमा ग्याङस्टार कथामा रहेको देखाइएको छ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्म महाशिवरात्रीको अवसरमा फागुन २५ गतेदेखि प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८० माघ १ सोमवार ०४:४७
1.81K
shares








