आजपनि बढ्यो सुनको मूल्य, तोलाको कति ?
वि.सं.२०८० फागुन १८ शुक्रवार ०७:५३
2.29K
shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बजारमा आज सुन प्रतितोला ६ सय रुपैँयाले बढेको छ । बिहीबार प्रतितोला दुई सय रुपैँयाले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८० फागुन १८ शुक्रवार ०७:५३
2.29K
shares







