‘रंगेली’ हिन्दी भाषामा प्रदर्शन हुने

2.11K shares

काठमाडौँ । अर्जुन सुवेदीको निर्देशनमा बनेको चलचित्र रंगेली अब हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । चलचित्रलाई युसुफ शेखको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले भारतमा वितरण अधिकार लिएको छ।

एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा फिल्म वितरण गर्छन्। रंगेलीलाई भारतको एक सय स्क्रिनमा रिलिज गरिने जनाइएको छ । हाल फिल्मको हिन्दि डबिङको काम मुम्बइमा भइरहेको छ ।

फागुन २५ गतेदेखि नेपालमा प्रर्दशनमा आएको फिल्मले दर्शकको राम्रो माया पाइरहेको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल, रुपेश झालगायत कलाकारको अभिनय छ।

 

2.11K shares