‘एक्लो’ बाट फिल्ममा डेब्यू गर्दै कविता नेपाली
वि.सं.२०८० चैत १९ सोमवार ०६:०८

काठमाडौा । प्रदीप शाहीको जोम्बी थ्रीलर फिल्म ‘एक्लो’ बाट डान्सर कविता नेपालीले फिल्ममा डेब्यू गर्ने भएकी छन् । यसअगाडि पनि उनले फिल्ममा डेब्यूको कोशिष गरेकी थिइन् । अब भने उनले ‘एक्लो’ बाट फिल्ममा कदम राख्ने भएकी हुन् ।
डान्सरको भूमिकामा दर्शकको मन जितेकी उनलाई अभिनयमा पनि दर्शकको मन जित्न भने चुनौती रहनेछ । उनको डान्सले दर्शकलाई सधै नै मोहित तुल्याउने गरेको छ ।
कविताको इन्ट्रि भएसँगै फिल्मको लाइनअप पुरा भएको छ । फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा रहने जनाइएको छ । प्रदीप र बेनिशाको साथमा सुनिल थापा,विजय लामा, एवन राज उप्रेती लगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ ।
फिल्ममा प्रदीप शाहीको लेखन तथा निर्देशन रहनेछ । फिल्मलाई शाई प्रोडक्सनको ब्यानरमा निर्माण गरिने जनाइएको छ ।
वि.सं.२०८० चैत १९ सोमवार ०६:०८





