गायक निशान भट्टराईको डिभोर्स

2.45K shares

काठमाडौँ । गायक निशान भट्टराईको डिभोर्स भएको छ । मोडल ऋचा न्यौपानेसँगको ३ वर्षको वैवाहिक सम्बन्धलाई उनिहरुले सहमतिमै टुंग्याइएको जनाइएको छ ।

वैवाहिक जीवनमा समस्या आएपछि चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजालासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । निशान र ऋचाले २०७७ सालमा कानुनी विवाह गरेका थिए ।

निशान नेपाल आइडल सिजन १ का फर्स्ट रनरअप हुन् भने ऋचा मोडलिङ पेशामा आवद्ध रहेकी छिन् ।

2.45K shares