निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को छायांकन सकियो
वि.सं.२०८० चैत २७ मंगलवार ०४:०८
1.66K
shares

काठमाडौँ । चलचित्र बेहुली फ्रम मेघौलीको छायांकन सकिएको छ । सोमबार फिल्मको ३४ दिनमा प्याकअप भएको हो ।
स्वस्तिमा खड्का निर्मात्रीको रुपमा डेब्यु गरेको फिल्मको छायांकन मेघौली गाउँमा सकाइएको छ । फिल्ममा स्वस्तीमाले उनको श्रीमान् निश्चल बस्नेतसँग अन स्क्रिन रोमान्स गर्नेछन् ।
फिल्मलाई साजन काफ्ले र आकाश बरालले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका छन् । यहि फिल्मबाट काफ्ले र बरालले निर्देशनमा डेब्यू गरेका हुन् । फिल्ममा निश्चल र स्वस्तिमाको साथमा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।
वि.सं.२०८० चैत २७ मंगलवार ०४:०८
1.66K
shares





