रमितको फिल्ममा माधव नेपालको अभिनय

1.88K shares

काठमाडौँ । रमित ढुंगानाको निर्देशनमा बनिरहेको चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अभिनय गरेको छन् । मंगलबार बिहान नेपालले एक घण्टा सुटिङ गरेका थिए ।

कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा भएको सुटिङमा नेपालले केहि डायलग पनि बोलेका थिए । आज खिचिएको दृश्यमा सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको दृश्य पनि रहेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दृश्य केहि दिनमा छायांकन हुने जनाइएको छ ।

 

1.88K shares