यस्तो बन्यो ‘मनसरा’को ट्रेलर (भिडियो)

2.45K shares

काठमाडौँ । बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

साढे ४ मिनेटको ट्रेलरमा अन्तरजातिय सम्बन्ध, विवाहोत्तर सम्बन्धलाई देखाइएको छ । ब्राह्मण र लिम्बूबीच विवाहोत्तर सम्बन्धलाई ट्रेलरमा देखाइएको छ । फिल्मको ट्रेलरलाई कवितात्मक बनाइएको छ । प्रविण खतिवडा (ब्राह्मण) र मेनुका प्रधान (नेवार) श्रीमान् श्रीमतिको भुमिकामा रहेका छन् । छेवैमा बस्ने मिरुना मगर लिम्बू समुदायकी हुन् । यस्तैमा दयाहाङ राई र मिरुना मगर जोडिको रुपमा देखाइएको छ । तर, उनिहरुबिचको सम्बन्धलाई ट्रेलरमा सस्पेन्समा राखिएको छ ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा दया, मिरुना, प्रविण, मेनुकाका साथमा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक, जीवन बराल, अनिल सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् सह– निर्मातामा विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ रहेका छन् भने कार्यकारी निर्माता सिजन दाहाल हुन् ।

 

2.45K shares