‘मेयर’को छायांकन सकियो

1.63K shares

काठमाडौँ । दीपेन्द्र के खनालको ‘मेयर’को छायांकन सकिएको छ । काठमाडौँमा केही दिन सुटिङ गरेर सर्लाही पुगेको फिल्मको टिमले ५१ औँ दिनमा छायांकन सकाएको हो ।

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबाट प्रभावित भएर निर्माण भएको फिल्ममा मेयरको भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् । खगेन्द्रको साथमा फिल्ममा वर्षा राउत, अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यादेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सञ्जोग रसाइली लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्माता शर्मिला पाण्डे र श्रृष्टिमा खनाल रहेका छन् भने कार्यकारी निर्माता निर्देशक खनाल नै हुन् ।

 

1.63K shares