‘सतीदेवी’ साउन ४ गतेबाट प्रदर्शन हुने

3.74K shares

काठमाडौँ । चर्चामा रहेको चलचित्र ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । पोष्टर सार्वजनिक भएदेखिनै चर्चामा रहेको चलचित्रको आज प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

पोष्टरमा मलिका महतको क्यारेक्टर लुक्स सार्वजनिक भएपछि फिल्ममो चर्चा चुलिएको थियो । विभिन्न ठाउँमा गरिएको विशेष प्रदर्शनीमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । प्रदर्शन मिति सार्वजनिक गर्दै निर्देशक लक्ष्मण सुवेदीले सो मितिमा अन्य चलचित्र नजुधाउन अनुरोध गरेका छन् ।

निर्देशक सुवेदीकै कथा रहेको चलचित्रमा अभिनेत्री मलिकाको साथमा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।

फिल्मलाई राजधानीमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

3.74K shares