बाबु बन्दै जस्टिन बिबर

2.73K shares

काठमाडौँ । चर्चित क्यानेडियन गायक जस्टिन बिबर अभिभावक बन्ने भएका छन् । बिबर र उनकी श्रीमती हेलीले एक भिडिया इन्टाग्राममा शेयर गर्दै आमाबाबु बन्न लागेको जनाकारी दिएका हुन् ।

हेली र जस्टिनले २०१८ मा विवाह गरेका थिए । विवाहको ६ वर्षपछि अभिभावक बन्न लागेका उनिहरुले हेली ६ महिनाको गर्भवती रहेको बताएका छन् ।

१३ वर्षमा गायक बनेका जस्टिन गीत ‘बेबी’, ‘लभ मी’ र ‘यमी’ गीत विश्वभर चर्चामा छन् ।

2.73K shares