प्रहरीमा आत्मसर्मपण गरे गायक रवि ओडले

2.29K shares

काठमाडौँ । गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा उनले बिहिबार इलाका प्रहरी कार्यालय झलारी पुगेर आत्मसमर्पण गरेका हुन् ।

गायक ओडकी श्रीमतीले चैत्र २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनिमाथि उजुरी दिएकी थिइन् । उनलाई प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान समेत सुरु गरेको छ ।

उजुरी परेको समयमा ओड जापानमा रहेका थिए । प्रहरीले अदालतबाट पक्राउ पुर्जीसमेत लिएको थियो । नेपाल आउनेवित्तिकै ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

2.29K shares