चार करोड भारुमा बिक्यो ‘प्रेम गीत ३’

343 shares

काठमाडौैँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ को भारतीय राइट्स ३ करोड भारुमा बिकेको छ । नेपाली र हिन्दी भाषामा डबिङ भएको चलचित्रको राइट्स ठुलो रककमा बिक्री भएको हो ।

७६ सालको चैत्र २८ मा रिलिजको तयारीमा रहेको फिल्म कोरोना महामारीको कारण रोकिएको थियो । महामारीको अवधिमा चलचित्रको निर्माण युनिटले फिल्मलाई हिन्दी भाषमा डब गरेको हो । डबिङका लागि फिल्म युनिटले भारतीय डबिङ आर्टिस्टलाई प्रयोग गरेको थियो ।

फिल्मको हल राइट्स ‘इम्पोसिबल फिल्म्स्’ ले चार करोड भारुमा किनेको हो । फिल्मले उक्त रकमभन्दा धेरैको कारोबार भारतीय बजारमा गरेमा कम्पनीले ७० प्रतिशत राखेर ३० प्रतिशत निर्मातालाई दिने सहमति भएको फिल्मका निर्माता सन्तोष सेनले बताए ।

सेन र स्व. छेतेन गुरुङको निर्देशन रहेको फिल्मको रिलिज मिति भारतीय बजारमा तय हुन बाँकि छ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा लगायतको अभिनय रहेको छ ।

343 shares