उपकार लघुवित्तको आईपीओ खुल्यो, कति भर्ने ?

196 shares

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) खुलेको छ । कम्पनीले शुक्रबारदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले २ लाख ३६ हजार २ सय ५० कित्ता साधारण शेयर निष्काशन गरेको छ । त्यसमध्ये, ११ हजार ८ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा चैत्र २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिनसक्ने बिक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङले जनाएको छ ।

196 shares