चलचित्र विकास बोर्डको अध्यक्षमा १० जनाको दरखास्त स्वीकृत

266 shares

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका १० जनाको दरखास्त स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गरेर स्वीकृत भएको नाम सार्वजनिक गरेको हो ।

बोर्डको अध्यक्ष पदका लागि अरुण कुमार प्रधान, दिपक श्रेष्ठ, नरेश कुमार पौडेल, निर्मल राज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेति रौनियार, सुचित्रा श्रेष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको दरखास्त स्वीकृत गरिएको छ ।

266 shares