दोलखामा बढ्न थाल्यो कोरोना संक्रमण, आज ४ जनामा पुष्टि

217 shares

दोलखा । केहि महिनादेखि कोरोना संक्रमण नदेखिएको दोलखा जिल्लामा फेरी संक्रमितहरु भेटिन थालेका छन् । आइतबार जिरी नगरपालिकाको मेयर मित्र बहादुर जिरेलमा कोरोना संक्रमण देखिएको थियो ।

करिब २ महिनायता कोरोनाको संक्रमित नभेटिएको दोलखामा आज सोमबार एकै दिन ४ जनामा संक्रमण देखिएको हो । पालिकाहरुमा एन्टिजन परिक्षण गर्दा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा जिरी नगरपालिकाका एक पुरुष र एक महिला रहेका छन् भने बैतेश्वर गाउँपालिकाका दुई जना महिला रहेका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

217 shares