साउन अन्तिमसम्म कक्षा ११ को भर्ना लिन बोर्डको निर्देशन

252 shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिन निर्देशन दिएको छ । कलेजहरुले भर्नासम्बन्धि फरक फरक मिति राख्दा विाद्यार्थीलाई समस्या भएको भन्दै बोर्डले निर्देशन दिएको हो ।

एसईईको नतिजा साउन–११ मा सार्वजनिक भएको थियो । सोही मितिको १५ दिनसम्म भर्ना गर्न पाउनुपर्ने बोर्डको निर्देशन छ ।

252 shares