सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति

1.41K shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौंले अनुमति दिएको छ । नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो।

लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति माग गरेको थियो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा थप अनुसन्धान गर्नका लागि काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।

1.41K shares