वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

1.63K shares

काठमाडौँ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि कप्तान शाई होपले १ सय ३२ रन र निकोलस पुरनले १ सय १५ रनको शतकिय योगदान दिए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १र१ विकेट लिए ।

1.63K shares