काठमाडौँ महानगरले ‘बगान’लाई तिरायो ५० हजार जरिवाना

1.37K shares

काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बगान’को निर्मातालाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैँया जरिवाना तिराएको छ । महानगरले फिल्मको पोष्टर काठमाडौँको बिभिन्न स्थानमा टाँसेको भन्दै जरिवाना तिराएको हो ।

महानगरले फिल्मको पोष्टर टाँसेर दृश्य प्रदुषण तथा फोहोरमैला गरेवापत जरिवाना तिराएको हो । महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले सामाजिक संजालमा लेखेका छन् बालेनजी, ‘आदिपुरुष हिन्दी फिल्मलाई त रोक्नुभयो । नेपाली फिल्मलाई सहयोग त गर्नु भएन तर अवरोध नगरिदिनुहोला ।’

1.37K shares