बालेनमाथि करिश्माको व्यंग्य : ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो

1.7K shares

काठमाडौँ । नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहलाई कटाक्ष गरेकी छिन् । मानन्धरले आज सामाजिक संजालमा लेख्दै बालेनले ५ लाखको विज्ञापन गरिदिएको भनेर व्यंग्य कसेकी छिन् ।

महानगरले करिश्मा अभिनित फिल्म ‘बगान’लाई काठमाडौँका भित्तामा पोष्टर टाँसेर दृश्य प्रदुषण तथा फोहोर मैला गरेको भनेर ५० हजार रुपैँया जरिवाना गराएको थियो । सोहि विषयलाई लिएर आज उनले प्रतिक्रिया दिएकी हुन् । उनले भनेकी छिन्, “महानगरले हामिलाई ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो । कस्ले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ।” साथै उनले ह्यासट्याग जयबगानको साथमा जयबालेन समेत लेखेकी छिन् ।

जरिवानकै विषयमा फिल्मको निर्माता सुरेश वाग्लेले समेत प्रतिक्रिया दिइसकेका छन् । उनले भनेका छन्, ‘बालेनजी, आदिपुरुष हिन्दी फिल्मलाई त रोक्नुभयो । नेपाली फिल्मलाई सहयोग त गर्नु भएन तर अवरोध नगरिदिनुहोला ।’

‘बगान’ गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । अभिनेता सरोज खनालको डेव्यु निर्देशनमा बनेको फिल्ममा करिश्मा मानन्धर मुख्य भुमिकामा थिइन् । एकल महिलाको कथामा बनेको फिल्मले खासै केहि कमाल देखाउन भने सकेको छैन ।

1.7K shares