सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना
वि.सं.२०८० भदौ २ शनिवार ०५:१८
1.6K
shares

काठमाडौ,सुदूरपश्चिमका प्रदेशका तराइका जिल्ला कैलाली र कञ्चनपुरका केही स्थानमा थोरै समयका लागि भारी वर्षा हुने सम्भावना रहेको छ । भूउपग्रहमा आधारित मौसम पूर्वानुमान प्रणाली वेदर डट कमका अनुसार पहाडी जिल्लाका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सो प्रणालीका अनुसार बिहान ११.३० बजेपछि कञ्चनपुर र कैलालीका केही स्थानमा हुने भारी वर्षा धेरैमा एक घण्टा जारी रहन सक्छ । सुदूरपश्चिमका पहाडी जिल्लाका थोरै स्थानमा भने दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको सो प्रणालीको अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानभन्दा उत्तरमा रहेकोले सुदूरपश्चिममा त्यसको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कञ्चनपुरको अधिकतम तापक्रम ३२ र कैलालीको ३३ रहने भएपनि गर्मी अत्यधिक महसुस हुने छ । यी २ जिल्लामा वायुको सापेक्षिक आद्रता ८५ प्रतिशतभन्दा धेरै रहने भएकोले गर्मी अत्यधिक महसुस भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम अनुमान बुलेटिन पनि जारी गरेको छ । जसअनुसार सोमबार ४ भदौमा सुदूरपश्चिमका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
वि.सं.२०८० भदौ २ शनिवार ०५:१८
1.6K
shares





