‘सलार’ले दुई दिनमा कमायो २८५ करोड

2.14K shares

काठमाडौँ । यतिबेला सुपरस्टार प्रभासको फिल्म सलारको जताततै चर्चा छ । फिल्मले बक्सअफिसमा ऐतिहासिक ओपनिङ गरेको छ ।

शुक्रबार फिल्मले १७८.७ करोडको ओपनिङ गरेको थियो । भारतीय बक्स अफिसमा मात्रै फिल्मले पहिलो दिन ९० करोड ७० लाख भारु कमाएको थियो । दोस्रो दिन फिल्मले ५५ करोड भारु कमाएको छ । फिल्मले ग्लोबल मार्केटमा दुई दिनमा २८५ करोड भारु कमाइ गरेको छ ।

प्रशान्त निलले निर्देशन गरेको फिल्मले उनकै फिल्म केजीएफ २ को रेकर्ड ब्रेक गरेको हो । होम्बल फिल्मस्ले निर्माण गरेको फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामी लगायतका कलाकारको अभिनय रहेको छ ।

2.14K shares