रंगेलीको ‘हातैले उघाएर’ मा बोल्ड शिल्पा
वि.सं.२०८० माघ १३ शनिवार १३:०१
1.77K
shares

काठमाडौँ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्र रंगेलीको ‘हातैले उघारेर’ बोलको गीत सार्वजनिक भएको छ । शनिबार फिल्मको आइटम गीत सार्वजनिक भएको हो ।
अर्जुन सुवेदीको शब्द रहेको गीतमा हर्कुलेस बस्नेतको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र प्रिन्स विश्वकर्माले कम्मर मर्काएका छन् । भिडियोमा शिल्पालाई बोल्ड रुपमा प्रस्तुत गरिएको छ ।
ग्याङस्टार कथामा निर्माण भएको फिल्म फागुन २५ गते महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउँदैछ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । रुपेश झा, रमेश वुढाथोकी, शेखर चापागाँई, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
वि.सं.२०८० माघ १३ शनिवार १३:०१
1.77K
shares








