धरानका मेयर हर्क साम्पाङको फिल्ममा डेब्यु
वि.सं.२०८० माघ १४ आइतवार ०५:३१
2.16K
shares

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले फिल्ममा डेब्यु गरेका छन् । हर्कले धरानमा छायांकन भइरहेको फिल्म खजुरे ब्रो मार्फत फिल्ममा डेब्यु गरेका हुन् ।
शनिबार हर्कको एक मिनेट लामो सिन पनि छायांकन गरिएको छ । फिल्ममा उनलाई गेष्ट रोलमा देख्न सकिन्छ । उनि फिल्ममा मेयरकै रोलमा देखिने जनाइएको छ ।
हर्क धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्दैछन् ।
फिल्म धरानकै खजुरे ब्रो को जीवनबाट प्रभावित रहेको छ । फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गर्दैछिन् । नीतिले छायांकन सेटबाट मेयर साम्पाङसँगका तस्वीर सेयर गरेकी छन् ।
वि.सं.२०८० माघ १४ आइतवार ०५:३१
2.16K
shares








