यस्तो छ ‘पुजार सार्की’को फर्स्टलुक

721 shares

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बन्ने फिल्म पूजार सार्कीको फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका मुख्य पात्रहरु चित्रित पोष्टर सार्वजनिक गरेको हो ।

पोष्टरमा फिल्मका मुख्य अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहको लुक्स सार्वजनिक गरिएको छ । पोष्टर सार्वजनिक गर्दै निर्माण टिम फ्लोरमा उत्रिएको छ ।

सामाजिक विभेदको कथामा निर्माण हुने चलचित्रका पात्रहरुको क्यारेक्टर लुक्स भिन्न देखिएको छ । प्राय चकलेटि लुक्समा देखिएका हिरोहरुको नयाँ लुक्सले उत्सुकता पैदा गरेको छ ।

फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ । सुवास भुसालको लगानी रहेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् ।

 

721 shares