यस्तो छ ‘उपहार’को ट्रेलर (भिडियो)

1.54K shares

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र उपहारको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका मुख्य पात्र रेखा थापा, पूजा शर्मा, बेनिशा हमालको फरक फरक कथा देखाइएको छ । हाँसो र रोदन मिश्रीत ट्रेलर दर्शकका लागि मनोरन्जनको पुर्ण खुराक बन्ने देखिन्छ ।

फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् भने सुलभ प्रतीक र समीक्षा देउजा निर्माता हुन् । फिल्ममा रेखा थापा, मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा, समर्पण कार्की लागायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

1.54K shares