विराजको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै सनिशा भट्टराई

903 shares

काठमाडौँ । मोडल सनिशा भट्टराईले विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् । सोमबार सामाजिक संजाल फेसबुकमा सनिशासँगको फोटो पोष्ट गर्दै फिल्ममा उनको अबद्धता रहने जनाएका हुन् ।

सनिशा पछिल्लो समय म्यूजिक भिडियामा व्यस्त मोडल हुन् । छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल मोडल हुन् उनि । उनका ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्‍यो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ अत्याधिक रुचाइएका भिडियो हुन् ।

दर्जनभन्दा बढी म्यूजिक भिडियोमा काम गरेकी उनले अब भने ठुलो पर्दामा पाइला राख्ने भएकी छन् । फिल्ममा विराजको मुख्य भूमिका रहनेछ । विराजको साथमा छोरा समीर भट्ट, न्यान्सी खड्का, कनिज कोइराला लगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ ।

यसैवर्ष छायांकनको तयारी गरिएको फिल्ममा भरपुर एक्सन रहने जनाइएको छ । यसका लागि साउथ फिल्मबाट द्वन्द निर्देशक लिइएको छ ।

903 shares