‘बुहारी’ सिरियल अब हिमालय टेलिभिजन र ओएसआरमा आउने

861 shares

काठमाडौँ । पछिल्लो समय युट्युबमा रुचाइएको ‘बुहारी’ सिरियल अब भने हिमालय टेलिभिजन र ओएसआर डिजिटलमा आउने भएको छ । सोमबार एक कार्यक्रमकोबिच ‘बुहारी’को निर्माण टिम र ओएसआर डिजिटलबिच प्रशारणका लागि सम्झौता भएको हो । साथै, सोहि कार्यक्रममा ओएसआर र हिमालय टिभीबिच टेलिभिजन प्रशारणका लागि छुट्टै सम्झौतासमेत भएको थियो ।

सम्झौतामा हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाल र सिरियलका निर्माता तथा निर्देशक रामचन्द्र बोहराले हस्ताक्षर गरे। तीन पक्षबिच १ वर्षको सम्झौता भएको जनाइएको छ । सम्झौता अनुसार सिरियल अब शुक्रवार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ।

कार्यक्रममा बोल्दै सिरियलका निर्देशक बोहोराले अझ धेरै दर्शकमाझ पुग्नका लागि यो सम्झौता गरेको बताए । यता प्रबन्ध निर्देशक कँडेलले राम्रा कन्टेन्ट हिमालय टिभी वा ओएसआरमा मात्रै आउने दावि गरे ।

कार्यक्रममा बोल्दै ओएसआरका प्रमुख अग्रवालले राम्रा कन्टेन्टहरुमा जति पनि लगानी गर्न आफु तयार रहेको बताए । राम्रा कन्टेन्ट बनाउनुस पैसाका चिन्ता लिनुपर्दैन उनले भने ।

 

861 shares