विक्की र तृप्तिको २७ सेकेन्डको किस सिन सेन्सर

462 shares
ishwor movie

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको बलिउड चलचित्र ‘ब्याड न्युज’को किस सिन सेन्सरमा परेको छ । फिल्मको ट्रेलर, गीत र लुकले चर्चा बटुलीरहेको छ । यसैबिचमा सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले फिल्मको सेन्स पास गरेको छ ।

सेन्सरले फिल्मको अडियोमा कुनै कैँची लगाएको छैन । तर फिल्मको तीन दृश्यमा भने कैँचि लगाएको छ । फिल्ममा विक्की कौशल र तृप्ति दिमरीको किस सिन सेन्सरमा परेको हो । एउटा ९ सेकेन्डको अर्को १० सेकेन्डको र तेश्रो ८ सेकेन्डको किस सिनमा सेन्सरले कैँचि लगाएको हो । सेन्सरले लिप लक किस सिनको दृश्य बदलाव गर्न सुझाव मात्र दिएको छ ।

अन्य कुराहरुमा भने सेन्सरले अस्विकरण राख्न मात्र भनेको छ । सामान्य हेरफेर गरेर सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ ।

आनन्द तिवारीको निर्देशनमा बनेको फिल्ममा विक्की र तृप्तिको साथमा एमी विर्क र नेहा धुपियाको अभिनय रहेको छ । फिल्मलाई धर्मा प्रोडक्सनका करण जोहर, लियो मीडियाका आनन्द तिवारी र अमृतपाल सिंह बिन्द्रा र अमेजन प्राइमका मनिष मेंघानीले निर्माण गरेका हुन् ।

462 shares