जितु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सकियो

434 shares
ishwor movie

काठमाडौँ । वसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । फिल्मको छायांकन २३ दिन चित्लाङ र ७ दिन चितवनमा गर्दै सकिएको हो ।

आगामी तिहारमा प्रदर्शनको लक्ष्य राखिएको फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाह मुख्य भूमिकामा छन् । दुवैले पहिलोपटक सहकार्य गरेका हुन् । फिल्ममा जितु र नीतिको साथमा शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, कविता आले, बुद्दि तामाङ, शिवहरि बैरागी, राजेन्द्र नेपाली, हिमेश पन्त, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहेको त ।

फिल्मलाई रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्य गरेर निर्माण गरेको हो । फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । फिल्मका निर्माताहरुमा सौगात पण्डित, मिनादेवी पाण्डे र पदमलाल तामाङ रहेका छन् ।

सविन अधिकारीको कथा र शंकर धिताको पटकथा तथा संवाद रहेको फिल्मको कार्यकारी निर्माता विजय बस्याल हुन् ।

434 shares