‘छक्का पन्जा ५’ को छायांकन सकियो

623 shares

काठमाडौँ । सफल सिरिज ‘छक्का पन्जा’को पाँचौ भागको छायांकन सकिएको छ । फिल्मको एउटा गीत मात्र बाँकी राखेर प्याकअप भएको हो ।

काभ्रे, सिन्धुली, पोखरा र काठमाडौँमा गरिएको छायांकन ५१ दिनमा सकिएको हो । दीपकराज गिरी लेखक, कलाकार तथा निर्माता रहेको फिल्ममा उनको साथमा केदार घिमिरे र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ ।

सामाजिक कमेडी जनरामा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा रहेका छन् । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण गरिएको फिल्मको निर्देशक दीपाश्री निरौला हुन् । फिल्म आगामी दशैमा असोजको २४ गते फूलपातिबाट प्रदर्शनमा आउने जनाइएको छ ।

623 shares