‘नम्बरी सुन’को ट्रेलर : अन्तरजातिय प्रेम र द्वन्द

1.72K shares

काठमाडौँ । राजु गीरी निर्देशित फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा अन्तरजातिय माया प्रेमले निम्त्याउने द्वन्दलाई देखाइएको छ । तल्लो बर्गका सुनको काम गर्ने मानिसले कथित उपल्लो जातको मानिससँग प्रेम गर्दा आउने उतार चढावलाई ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा सबै कलाकारको पात्रहरु समावेश गरिएको छ । नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खनाल, गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् । फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

 

1.72K shares