नेपाली चलचित्र क्षेत्रमा गुटबन्दी छ : सरोज खनाल

1.93K shares

काठमाडौँ । अभिनेता सरोज खनालले नेपाली चलचित्र क्षेत्रमा गुटबन्दी रहेको बताएका छन् । निश्चित ब्यानर र निर्देशकले निश्चित कलाकार मात्रै लिने चलन रहेको बताए ।

बुधबार ‘नम्बरी सुन’ को ट्रेलर रिलिज कार्यक्रममा खनाल भावुक जस्तो पनि देखिए । उनले एक समय आफु पनि हिरो भएर खेलेको कुरा स्मरण गरे । अहिले, जस्तो रोल अफर आउँछ त्यसलाई न्याय गर्ने बताए । पुराना दिनहरु सम्झिदै उनले, पहिलो टिका पहारीले आफ्नो बुबाको रोल गर्ने गरेको । अहिले आफुले गौरव पहारीको बुबाको रोल गर्ने गरेको बताए ।

उनले आफ्नो क्षमता अनुसारको फिल्म नपाइने । राम्रा डिरेक्टरहरुले आफुहरुलाई नलिने गरेको तर्फ इंगीत गरेका थिए । खनाल एक समयका चर्चित कलाकार हुन् । अहिले उनि एकै खालको रोलमा देखिइरहेका छन् । उनि एक अब्बल दर्जाका कलाकार हुन् । तर, पछिल्लो समय उनको क्षमता अनुसारको काम उनले पाइरहेका छैनन् ।

राजु गिरीको निर्देशनमा बनेको ‘नम्बरी सुन’ साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सरोज खनाल, गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

1.93K shares