‘आँखा’को एक नजर काठमाडौँको सुकुम्बासी बस्तिमा (टिजर)

वि.सं.२०८१ भदौ ६ बिहीवार ११:२०

काठमाडौँ । चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ । बिहीबार म्युजिक नेपालबाट फिल्मको डेढ मिनेटको टिजर सार्वजनिक भएको हो ।
सामान्य तर गम्भिर कथा टिजरमा हेर्न सकिन्छ । राजधानी भित्रैको सुकुम्बासी बस्तीको कथा देखाइएको छ । सुकिला मुकिला संभ्रान्तहरुले कुरुप भनिएकाहरुको कथा टिजरमा देखाइएको छ । टिजर अलिक फरक शैलीमा प्रस्तुत गरिएको छ । टिजरले दर्शकमा एककिसिमको कौतुहलता भने पक्कै सिर्जना गर्ने देखिन्छ ।
कमर्सियल फिल्महरुको भिँडमा मिठो कन्टेन्ट सहितको फिल्म आँखा बन्न सक्ने टिजरले संकेत गरेको छ । जोन योन्जनको निर्देशनमा बनेको फिल्ममा स्मिता लामिछाने, आर के मेहता, निशा अधिकारी, बुद्धि तामाङ, प्रविण खतिवडा, विजय बराल, पशुपति राई, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म अगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

वि.सं.२०८१ भदौ ६ बिहीवार ११:२०