हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’, मलिका र रमितको परीक्षा

1.25K shares

काठमाडौँ । आज शुक्रबारबाट दुई नेपाली चलचित्र हलमा लागेका छन् । लक्ष्मण सुवेदीको निर्देशन रहेको ‘सतीदेवी’ र रमित ढुंगानाको ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् ।

दुवै चलचित्रले फरक विषयबस्तु उठाएका छन् । सतीदेवीमा महिलाको मुद्दालाई उठाइएको छ भने नमेटिने घाउमा एसिड पिडितको मुद्दालाई उठाइएको छ । दुवै फिल्ममा सामाजिक विषयबस्तु उठाइएकोले पनि दर्शकको चासो बन्न सक्छ ।

सतीदेवीमा मलिका महत मुख्य भूमिकामा छिन् । विभिन्न फेस्टिभलहरुमा राम्रो प्रतिक्रिया पाएको फिल्मबाट मलिकालाई पनि ठुलै आशा छ । फिल्ममा परिचित कलाकारको रुपमा उनि नै छिन् । पछिल्लो समय महिला प्रधान फिल्महरुले राम्रो गरिरहेको अवस्थामा सतीदेवीबाट पनि त्यहि आशा हुने नै भयो । फिल्म सफल वा असफल हुँदा त्यसको भार मलिका माथिनै थोपरिने देखिन्छ ।

फिल्ममा मलिकाको साथमा सन्दिप बाबु लोहनी, हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

यता एसिड पिडितको कथामा बनेको फिल्मबाट रमित ढुंगानाको पनि परीक्षा हुने देखिन्छ । एक समयका चर्चित रमित अहिले एक हिसाबले कमब्याककै चरणमा छन् । यस्तोमा उनले वास्तविक एसिड पिडितहरुलाई लिएर फिल्म निर्माण गरेका छन् ।

सत्य घटनामा आधारीत रहेर निर्माण गरिएको फिल्ममा एसिड पिडितको कथा उठाइएको छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पिडितको कथा रहेको जनाइएको छ । फिल्ममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल र माननिय ज्ञानेन्द्र शाहिको पनि अभिनय रहेको छ ।

शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, स्वस्तिमा कार्की, लालना चिमोरिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दुवै फिल्मलाई शुभकामना ।

1.25K shares