‘रावायण’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, १० लाखले हेरे

1.9K shares

काठमाडौँ । पल शाह र पुजा शर्मा स्टारर फिल्म ‘रावायण’ दर्शकका लागि व्यग्र प्रतिक्षित फिल्म बनेको छ । फिल्मका धमाधम प्रचार सामग्रीहरु सार्वजनिक भइरहेका छन् । सबै सामग्रीहरुमा दर्शकको सकरात्मक प्रतिक्रिया मिलेको छ ।

फिल्मको बिहीबार सार्वजनिक ट्रेलरलाई छोटो समयमै १० लाख बढि दर्शकले हेरेका छन् । ट्रेलर सार्वजनिक भएको ९ घण्टामै ट्रेण्डिङको पहिलो स्थानमा पुगेका छ । दर्शकको सकरात्मक प्रतिक्रिया पाइरहेको ट्रेलरले फिल्मको हाइपलाई अझ बढाएको छ ।

भदौ २१ गतेबाट प्रदर्शन हुने चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसअगाडि लभस्टोरी जनराको फिल्महरुमा अत्याधिक रुचाइएका निर्देशक थापाले यो पटक एक्सन जनरामा पनि तहल्का मच्चाउने देखिएको छ । फिल्मको मेकिङ उच्च क्वालिटिको रहेको टिजर, ट्रेलर र गीतले देखाएको छ । एक्सन, रिभेन्ज, लभस्टोरीको पुर्ण प्याकेज रहेको फिल्मले दर्शकको मन जित्ने देखिएको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रमा पुजा शर्माको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता सुशन पाठक हुन् । फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

1.9K shares