सलमान र शाहरुखको छिमेकी बने रणवीर दीपिका, २ अर्बमा किने घर

385 shares

काठमाडौँ । बलिउडको सुन्दर जोडि रणवीर सिंह र दीपिका पादुकोण पछिल्लो समय चर्चामा आएका छन् । उनिहरु फिल्मको कारण हैन नयाँ घर किनेकाले चर्चामा आएका हुन् ।

यो जोडिले मुम्बईको बान्द्रामा करिब दुई अर्ब नेपाली रुपैँयाको घर किनेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनिहरुले ११९ करोड भारुको घर किनेका हुन् ।

नयाँ किनेको घर बलिउड अभिनेता शाहरुख खान र सलमान खानको नजिकै रहेको बताइएको छ । शाहरुखको मन्नत र सलमानको ग्लेक्सी अपार्टमेन्टको बीचमा उनिहरुले नयाँ घर किनेका हुन् ।

रणवीरसँग ओह फाइभ ओह मिडिया वकर्स एलएलपीले बान्द्राको सागर रेशम नामको भव्य भवनको लागि पनि सम्झौता गरेको छ । यो अपार्टमेन्ट बान्द्राको बिजे रोड ब्यान्डस्टेशनमा छ । यो घर ११ हजार २६६ स्क्वायर फिटमा छ । जसमा १३०० स्क्वायर फिटको बार्दली र बगैँचा छ ।

 

385 shares