‘देवी’को प्रिमियर सम्पन्न

707 shares

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘देवी’को प्रिमियर सम्पन्न भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको फिल्मको प्रिमियर सम्पन्न भएको हो ।

प्रिमियरमा फिल्मकर्मी र पत्रकारको उल्लेख्य उपस्थिति थियो । फिल्म हेर्न कर्मा, गजित विष्ट, विशाल पहारी, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर, सौरभ चौधरी, सिशन बानिँया लगायतका चर्चित व्यक्तिहरु पुगेका थिए ।

प्रिमियरमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको थियो । संजोग राईको निर्देशनमा बनेको फिल्ममा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई एक्जिबिट स्टुडिओको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्मको सार्वजनिक प्रदर्शनमा बाँसुरी फिल्म्ससँग सहकार्य गरिएको छ ।

फिल्ममा रेमन गुरूङ र संजोग राईको लगानी रहेको छ । फिल्मको कार्यकारी निर्माता जावेद खान हुन भने सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरूङ, नारायण गुरूङ र मिलन लामा हुन्।

707 shares