चलचित्र ‘आँखा’को ‘खुसी’ गीत सार्वजनिक

1.59K shares

काठमाडौँ । चलचित्र ‘आँखा’को ‘खुसी’ गीत सार्वजनिक भएको छ । बिहीबार म्युजीक नेपाल मार्फत फिल्मको थिम गीत सार्वजनिक भएको हो ।

गीतको शब्द प्रकाश मल्ल र राम अविरल विष्टको रहेको छ । दीपक आरजेको संगीत रहेको गीतमा पवन गिरी र मिना सिंहको स्वर रहेको छ । गीत्को भिडियोमा सुकुम्वासी बस्तीमा विवाह गरेर गएको एक पात्रको कथा देखाइएको छ । भिडियोमा स्मिता लामिछाने, आरके मेहता र विजय बराल प्रस्तुत छन् ।

जोन योन्जनको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुकुम्वासी बस्तीको कथालाई प्रस्तुत गरिएको छ । फिलममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ ।

 

1.59K shares