‘कल्ली’मा स्टारहरुको ताँती, नाजिर र वर्षाको इन्ट्रि

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:०९

काठमाडौँ । लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने फिल्म ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बनेको छ । फिल्ममा चर्चित कलाकारको इन्ट्रि भएसँगै फिल्मको चर्चा चुलिएको हो ।
फिल्ममा यसअगाडि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणी नेपाल र बेनिशा हमाल जस्ता कलाकार भित्रिसकेकका छन् । यस्तोमा नाजिर हुसेन र वर्षा राउतको पनि इन्ट्री भएको छ । यो सँग फिल्म मल्टिस्टारर देखिने भएको छ ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्ममा पुराना अभिनेता उत्तम प्रधान पनि जोडिएका छन् । साथमा माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन् ।
कलाकारको लामै लाइनअप फिल्ममा देखिन्छ । पछिल्लो समय मल्टिस्टारर फिल्म बनाउने होड नै चलेको छ । यस्तोमा कलाकारको लाइन लगाएर मात्रै हुन्न । फिल्मको कथाबस्तु र प्रस्तुती पनि राम्रो हुन जरुरी छ ।
किरण नेपालीको लगानीमा बन्ने फिल्ममा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्मको छायांकन पौषको २० गतेबाट सुरु हुनेछ ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:०९